फिक्कल गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा रिक्त उल्लेखित शिक्षक तथा विद्यालय कर्मचारी पदमा यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ को दफा २४ बमोजिम खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्न आह्वान गरिन्छ ।
समाचार
सूचना
Invitation of Electronic bids from eligible bidders for the construction of contracts mentioned below.
फिक्कल गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय, सामुदायिक सिकाइ केन्द्र तथा बाल सिकाइ केन्द्रको आ.व. २०७८/७९ को लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा निर्वाचन आयोग, नेपालको २०७९।५।१ गतेको अत्यन्त जरुरी सूचना तथा जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीको प.सं. २०७९/०८०, च.नं. २३, मिति २०७९।०५।०१ गतेको यसैसाथ संलग्न पत्रबाट व्यहोरा अवगत गर्नुभई स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा फिक्कल गाउँपालिकाका विभिन्न पदमा उम्मेदवारी दिनुभई निर्वाचन खर्च विवरण नबुझाउनु भएका उम्मेदवारहरुले २०७९/०५/०१ गतेदेखि लागु हुनेगरी सात दिनभित्र सफाई सहितको स्पष्टिकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध गरिन्छ ।
श्री वडा कार्यालयहरु (१ - ६),
फिक्कल गाउँपालिका, सिन्धुली ।
बिषयः व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा।
प्रस्तुत विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको च.नं. १४९, मिति २०७९/०४/२३ गतेको प्राप्त पत्र अनुसार व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईंसराई) दर्ता अनलाईन प्रणालीबाट जारी हुने १३ अंक सहितको घटना दर्ताको प्रमाणपत्रलाई मात्र कन्सुलर सेवा विभाग, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयले आधिकारिक मान्यता दिने हुँदा तहाँ कार्यालयले आजकै मिति देखि घटना दर्ता अनलाईन मार्फत् मात्र गर्नुहुन अनुरोध छ। साथै सोहि मिति देखि हस्तलिखित घटना दर्ता प्रमाणपत्रलाई यस कार्यालयबाट प्रमाणित नगरिने व्यहोरा समेत जानकारी गराईन्छ।
बोधार्थ:
श्री वडा कार्यालय (१ -६), फिक्कल गाउँपालिका
श्री सम्पूर्ण विद्यालयहरु, फिक्कल गाउँपालिका
व्यक्तिगत घटना दर्ता शिविर सम्बन्धी प्रेस विज्ञप्ती (२०७९/०५/०१)






