फिक्कल गाउँपालिका र प्राइम कमर्सियल बैंक खाङ्गसाङ्ग शाखाबीच सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूको बालबचत खाता सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर । कार्यक्रममा सामुदायिक विद्यालयहरूका प्र.अ. र अन्य शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।
समाचार
ग्यालरी
आज मिति २०८०/११/१५ गतेका दिन दादुरा रुवेला अभियानमा ९ महिना देखि ५ बर्ष मुनि उमेर समूहका बालबालिका हरुलाई खोप लगाउने कार्यक्रम सुरुवात गर्नुहुदै फिक्कल गाउँपालिकाको आदरणिय अध्यक्ष श्री पार्वती सुनुवारज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री डम्बर बहादुर रजन मगर ज्यू साथै अभियान सफलताको शुभकामना दिनुभएको छ। नजिकको खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु हुन सबैमा अनुरोध गरिन्छ । खोप कार्यक्रम मिति २०८०/११/१५ गते देखि १९ गते सम्म संचालन हुने सम्पूर्णमा जानकारी गराईन्छ ।
मिति २०८० साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम तथा साझ दीप प्रज्वलन गरी सम्पन्न गरियो ।
फिक्कल गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँका वरिष्ठ नेत्र रोग विशेषज्ञ द्वारा फिक्कल गाउँपालिका, खाङसाङबेसीको सुनकोशि माबि मा मोतिविन्दुको निशुल्क शल्यक्रिया कार्यक्रम मिति २०८०/१०/२३ र २४ गते सम्पन्न भएको छ।
फिक्कल गाउँपालिकाबाट आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद " भन्ने मूल नारा सहित समापन भएको छ । जसमा श्री फिक्कल मा. वि. सोल्पाले ९ स्वर्ण, ३ रजत , ७ कास्य ल्याई प्रथम स्थान भने श्री मा. वि. सालुकेले ८ स्वर्ण, ३ रजत , ६ कास्य ल्याई द्धितीय स्थान, श्री मा. वि. सुम्नाम सुन्तले चण्डिभन्ज्याङ्गले ४ स्वर्ण, ६ रजत , २ कास्य सहित तृतीय स्थान, श्री मा. वि.
फिक्कल गाउँपालिकाबाट आयोजित प्रथम लगानी सम्मेलन मिति २०८० मंसिर १३ र १४ गते श्री सुनकोशी मा.वि. खाङसाङमा गाउँपालिका अध्यक्ष श्री पार्वती सुनुवारको अध्यक्षता, सिन्धुली जिल्ला क्षेत्र नं.
फिक्कल गाउँपालिका, सिन्धुलीद्वारा साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) का लागि अध्ययन अवलोकन भ्रमणका क्रममा मिति २०७९ फागुन ८ देखि १२ गतेसम्म प्रदेश नं. १ अन्तर्गतका विभिन्न सरकारी निकाय तथा सहकारी संघ संस्थाहरुमा अध्ययन अवलोकन भ्रमण गरिएको थियो ।
२०७९ माघ ५ गतेदेखि श्री सुनकोशी मा.वि., खाङसाङको खेल मैदानमा सञ्चालन भएको फिक्कल गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता २०७९ माघ ९ गते पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सहित समापन भएको छ ।