समाचार
दादुरा रुवेला विरुद्धको खोप अभियान २०८०
आज मिति २०८०/११/१५ गतेका दिन दादुरा रुवेला अभियानमा ९ महिना देखि ५ बर्ष मुनि उमेर समूहका बालबालिका हरुलाई खोप लगाउने कार्यक्रम सुरुवात गर्नुहुदै फिक्कल गाउँपालिकाको आदरणिय अध्यक्ष श्री पार्वती सुनुवारज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री डम्बर बहादुर रजन मगर ज्यू साथै अभियान सफलताको शुभकामना दिनुभएको छ। नजिकको खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु हुन सबैमा अनुरोध गरिन्छ । खोप कार्यक्रम मिति २०८०/११/१५ गते देखि १९ गते सम्म संचालन हुने सम्पूर्णमा जानकारी गराईन्छ ।