FAQs Complain Problems

परिचय: फिक्कल गाउँपालिका

संक्षिप्त परिचय

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्‍नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । महाभारत श्रृङखलामा पर्ने २३८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल चुचुरो यस गाउँपालिका भित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको हुनाले यस फिक्कल गाउँपालिकाको आर्थिक रुपले भविष्य उज्वल छ ।

 

गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :

गाउँपालिका केन्द्र : फिक्कल -४, खाङसाङ  

क्षेत्रफल : १८६.०६ वर्ग किलोमिटर

जनसंख्या :- १५,९१० (*२०७८ को जनगणना अनुसार)

जनघनत्व : ८६ जना प्रति वर्ग कि.मी. (*२०७८ को जनगणना अनुसार) 

वडा संख्या :- ६ वटा 

पूर्वी सीमाना :- ओखलढुंगा र उदयपुर जिल्ला 

पश्चिम सीमाना :- तीनपाटन,गोलन्जोर र दुधौली नगरपालिका

उत्तरी सीमाना :- ओखलढुंगा र रामेछाप जिल्ला 

दक्षिणी सीमाना :- दुधौली नगरपालिका र उदयपुर जिल्ला

https://censusnepal.cbs.gov.np/results/np/population?province=3&district...

 

 

आर्थिक वर्ष: