FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा।

श्री वडा कार्यालयहरु (१ - ६),

फिक्कल गाउँपालिका, सिन्धुली ।

बिषयः व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा।

प्रस्तुत विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको च.नं. १४९, मिति २०७९/०४/२३ गतेको प्राप्त पत्र अनुसार व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईंसराई) दर्ता अनलाईन प्रणालीबाट जारी हुने १३ अंक सहितको घटना दर्ताको प्रमाणपत्रलाई मात्र कन्सुलर सेवा विभाग, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयले आधिकारिक मान्यता दिने हुँदा तहाँ कार्यालयले आजकै मिति देखि घटना दर्ता अनलाईन मार्फत् मात्र गर्नुहुन अनुरोध छ। साथै सोहि मिति देखि हस्तलिखित घटना दर्ता प्रमाणपत्रलाई यस कार्यालयबाट प्रमाणित नगरिने व्यहोरा समेत जानकारी गराईन्छ।

 

 

बोधार्थ:

श्री वडा कार्यालय (१ -६), फिक्कल गाउँपालिका

श्री सम्पूर्ण विद्यालयहरु, फिक्कल गाउँपालिका   

आर्थिक वर्ष: