समाचार
सूचना
यो पाठ्यक्रम फिक्कल गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले तयार गरी शैक्षिक सत्र २०७८ देखि कक्षा १-३ र शैक्षिक सत्र २०७९ देखि कक्षा १-८ सम्म लागु गरिएको छ।
संक्षिप्त परिचय
सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । महाभारत श्रृङखलामा पर्ने २३८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल चुचुरो यस गाउँपालिका भित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको हुनाले यस फिक्कल गाउँपालिकाको आर्थिक रुपले भविष्य उज्वल छ ।
गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :
गाउँपालिका केन्द्र : फिक्कल -४, खाङसाङ
क्षेत्रफल : १८६.०६ वर्ग किलोमिटर
जनसंख्या :- १५,९१० (*२०७८ को जनगणना अनुसार)
जनघनत्व : ८६ जना प्रति वर्ग कि.मी. (*२०७८ को जनगणना अनुसार)
वडा संख्या :- ६ वटा
पूर्वी सीमाना :- ओखलढुंगा र उदयपुर जिल्ला
पश्चिम सीमाना :- तीनपाटन,गोलन्जोर र दुधौली नगरपालिका
उत्तरी सीमाना :- ओखलढुंगा र रामेछाप जिल्ला
दक्षिणी सीमाना :- दुधौली नगरपालिका र उदयपुर जिल्ला
https://censusnepal.cbs.gov.np/results/np/population?province=3&district...