व्यक्तिगत घटना दर्ता शिविर सम्बन्धी प्रेस विज्ञप्ती (२०७९/०५/०१)
समाचार
सूचना
"मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८" को दफा ३ र ४ मा भएको व्यवस्था :-
दफा ३. निवेदन सम्बन्धी व्यवस्थाः
यस कार्यविधि बमोजिम औषधि उपचार वापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, अनुसूची-१ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, मेरूदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि सहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
दफा ४. लाभाग्राहिले पाउने औषधि उपचार वापत खर्चः
नेपाल सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी/ निवृत्तिभरण वा विदेशी सरकारवाट रोजगारी/ पेन्सन प्राप्त गरिरहेको व्यक्तिले यस निर्देशिका बमोजिम मासिक वृत्ति उपलब्ध गराईने छैन । त्यसगरी नेपाल सरकारबाट उपलब्ध गराईंदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडीएको भत्ता, अपांग भत्ता लगायत नेपाल सरकारबाट साविकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता/ मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो पर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्ने छैनन् ।
फिक्कल गाउँपालिकाको वि.नं. ०१/०७९-८० मिति २०७९/०३/२९ मा रोजगार सहायक (सहायकस्तर पाचौँ) को पद सङ्ख्या १ को छनौट तथा पदपूर्तिको लागि प्रकाशित १५ दिनको दरखास्त आह्वानको सूचना अनुसार प्राप्त हुन आएका कुल १८ (अठार) जना आवेदकहरुको "स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८" को दफा ६ बमोजिमको मूल्याङ्कनको आधारमा पदपूर्ति समितिको मिति २०७९/०५/०१ को निर्णयानुसार तपसील बमोजिमको रोल नंबर कायम गरी तपसील बमोजिमको प्रारम्भिक योग्यताक्रमको सूची नेपाली वर्णानुक्रम अनुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावली, २०६५ को नियम ३ को प्रयोजनार्थ प्रकाशित सूचना
सामाजिक सुरक्षा भत्ता वितरणका लागि भुक्तानी शिविर सञ्चालन सम्बन्धी सूचना ।