उपभोक्ता समिति कार्यसञ्चालन तथा भूक्तानी पुस्तिका
समाचार
सूचना
मिति: २०७९/१०/१५
श्री वडा सचिवज्यू, ६ वटै वडा कार्यालय,
फिक्कल गाउँपालिका, सिन्धुली ।
श्री स्वास्थ्य चौकी प्रमुखज्यू, सबै स्वास्थ्य चौकी,
फिक्कल गाउँपालिका, सिन्धुली ।
विषय: सूचना अधिकारी तोकिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम २४(क) बमोजिम यस फिक्कल गाउँपालिकाको प्रत्येक वडाको वडा सचिवलाई वडा कार्यालयको सूचना अधिकारी र प्रत्येक स्वास्थ्य चौकीको प्रमुखलाई स्वास्थ्य चौकीको सूचना अधिकारी तोकिएको छ ।
आ-आफ्नो कार्यालयमा सूचना अधिकारीको फोटो सहित नाम थर, सम्पर्क नं. र ईमेल ठेगाना सहितको विवरण सबै सेवाग्राहीले देख्ने गरी फ्लेक्स प्रिन्टमा राख्नुहुन तथा सो विवरण यस कार्यालयको ईमेल ठेगाना phikkalruralmun@gmail.com वा यस कार्यालयको सूचना प्रविधि शाखामा अविलम्ब पठाईदिनुहुन अनुरोध छ ।
............................
शिवहरी दाहाल
प्रमुख प्रशासकीय अधिकृत
बोधार्थ:
श्री अध्यक्षज्यू/ श्री उपाध्यक्षज्यू, फिक्कल गाउँपालिका ।
श्री वडा अध्यक्षज्यू, (वडा नं. १ देखि ६), फिक्कल गाउँपालिका ।
फिक्कल गाउँपालिकाको आन्तरिक आय संकलन सम्बन्धी कार्यविधि, २०७९
फिक्कल गाउँपालिकाका लागि आ.व. २०७९/८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचिकृत बेरोजगारको वडागत प्राथमिकताक्रम र नामावली विवरण
श्री सरोकारवाला सबै,
प्रस्तुत विषयमा पशु सेवा विभागवाट खोरेत रोग अन्वेषण कार्यका लागी परिचालित टोलीले फिक्कल गाउँपालिकाको विभिन्न स्थानबाट सङ्कलन गरि लगेका नमुनाहरुको विभागको प्रयोगशालामा FMD Conventional PCR विधि बाट परिक्षण गर्दा खोरेत रोग प्रमाणित भएको हुँदा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।
खोरेत रोग पशुहरुको महामारी सिमाविहिन पशु रोग भएकोले रोग नियन्त्रण विधिहरु अपनाउनुहुन समेत अनुरोध गरिन्छ ।
श्री वडा कार्यालय,
वडा नं. २, ३, ४ र ५,
फिक्कल गाउँपालिका, सिन्धुली ।
विषय : उपभोक्ता समिति गठन गरी पठाईदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय, प्रादेशिक सडक डिभिजन कार्यालय, सिन्धुलीमाढी सिन्धुलीको च.नं. ३७०, मिति २०७९।१०।१२ गतेको यसैसाथ संलग्न पत्रबाट विस्तृत व्यहोरा अवगत गर्नुभई उक्त योजनाहरुको लाभान्वित खण्ड भित्रबाट पर्नेगरी उपभोक्ता समिति गठन गरी सोको जानकारी १० दिनभित्र यस कार्यालयमा सिफारिस साथ पठाईदिनुहुन अनुरोध छ ।
"जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आँखा जाँच शिविर" सञ्चालन हुने सम्बन्धी सुचना ।।।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६ वटै वडामा भूक्तानी शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।
.
श्री ६ वटै वडा कार्यालय,
उल्लेखित सूचना वडा कार्यालयको सूचना पाटीमा टाँस गरी सम्पूर्ण वडा वासीलाई जानकारी गराउनुहुन अनुरोध छ ।
सुरक्षित नागरिक आवास कार्यक्रममा सहभागीताका लागि निवेदन ।
सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन सम्बन्धी सूचना ।।।