समाचार
नेतृत्व सीप विकास सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम
फिक्कल गाउँपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधि एवम् महिला सञ्जालका प्रतिनिधिहरुलाई "नेतृत्व सीप विकास सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम" मिति २०७९ साउन २४ देखि २६ सम्म फिक्कल गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), ललितपुरको आयोजना एवं फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित महिला जनप्रतिनिधि सहित कुल ३२ जनाको सहभागीता रहेको थियो ।
























